मङ्गोलिया १० रनमै अल आउट, सिङ्गापुर ५ बलमै बिजयी
काठमाण्डौ । मङ्गोलिया पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १० रनमा अल–आउट भएको छ । सिङ्गापुरसँगको खेलमा मङ्गोलिया १० रनमा अल–आउट भएको हो ।
विश्वकप एशिया छनोट ’ए’ अन्तर्गत मलेसियाको बाङ्गीमा भएको खेलमा मङ्गोलिया १० ओभरमा १० रन बनाउँदा अल–आउट भएको हो ।
यसअघि सन् २०२३ मा स्पेनसँगको खेलमा आइल अफ म्यान १० रनमै अल–आउट हुँदा रेकर्ड बनेको थियो । यससंगै मङ्गोलियाले पनि कम स्कोरको रेकर्ड बराबरी गरेको छ ।
मङ्गोलियाका दुई जना खेलाडीले सबैभन्दा धेरै समान २ रन बनाए भने पाँच जना खेलाडीले १ रन पनि जोड्न सकेनन् । मङ्गोलियालाई कम स्कोरमा रोक्न सिङ्गापुरका हर्ष भारद्वाजले ४ ओभरमा २ मेडन राख्दै ३ रन दिएर ६ विकेट लिए ।
यो पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो उत्कृष्ट बलिङ प्रदर्शन हो । उत्कृष्ट बलिङको पहिलो नम्बरमा रहेका मलेसियाका स्याजरुल इद्रुसले ४ ओभरमा १ मेडन राख्दै ८ रन दिएर ७ विकेट लिएका छन् ।
मङ्गोलियाले दिएको ११ रनको सामान्य लक्ष्य सिङ्गापुरले १ विकेट गुमाएर ५ बलमा भेटायो ।