एन्फा लिग

कोशीको लगातार दोस्रो जित, वालिङले खोल्यो खाता

काठमाडौं । कोशी प्रदेशले जारी एन्फा महिला फुटबल लिगमा लगातार दोस्रो जित निकाल्दा वागमती युथ क्लवले पहिलो हार सामना गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा कोशीले बिहीवार वागमती युथमाथि २–१ को जितँगै सुखद् नतिजा जारी राखेको हो । दोस्रो खेलमा ज्याकलिन नसालीको ह्याट्रिकमा वालिङ नगरपालिकाले कर्णाली प्रदेशमाथि ४–० को फराकिलो जित निकाल्यो । पहिलो खेलमा कोशीसँग ४–० ले पराजित वालिङले सोही अन्तरको जित निकालेको हो ।

ज्याकलिनले ह्याट्रिक गरेपछि वालिङले दोस्रो खेलमा पहिलो जित निकाल्यो । वालिङले दुवै हाफमा समान दुई गोल ग¥यो । यस क्रममा ज्याकलिनले खेलको दशौं मिनेटमा गोल गर्दै अग्रता दिलाइन् । सुक्रिया मियाको पासमा उनले वान टच गोल गरेकी हुन् ।

४१ औं मिनेटमा वालिङले अग्रता दोब्बर बनायो । ज्याकिनले नै पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरेकी हुन् । मध्य भागबाट गरेको फिकिकमा प्रहारमा कर्णालीका डिफेन्डस लाइन र गोलकिपर सजक बन्दा ज्याकलिनले गोल गरिन् ।

त्यससँगै पहिलो हाफमा वालिङ २–० ले अगाडि रह्यो । दोस्रो हाफमा पनि वालिङले दुई गोल थप्यो । ७३ औं मिनेटमा ज्याकलिनले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । अञ्जली मचामसीले हेडमार्पm दिएको बललाई सदुपयोग गर्दै उनले नजिकै दूरीबाट गोल गरेकी हुन् ।

८९ औं मिनेटमा सुक्रिया मियाले गोल गर्दै वालिङलाई ४–० को जित दिलाइन् । यता, कोशीले भने लिगमा दोस्रो जित निकाल्दा बागमतीले भने पहिलो हार सामना ग¥यो । यसअघि पहिलो खेलमा कोशीले वालिङ नगरपालिकालाई ४–० ले हराउँदा बागमतीले सुदूरपश्चिम प्रदेशमाथि ५–१ को नतिजा निकालेको थियो । यस जितसँगै कोशी ६ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । पहिलो हार बेहोरेको बागमतीको समान खेलबाट तीन अंक छ । वागमतीले शुरुवाती अग्रता जोगाउन नसक्दा हार व्यहोरेको हो ।

खेलको शुरुवातदेखि कोशीले दबाब बनाए पनि अग्रता लिन भने सकेन । वागमतीले २६ औं मिनेटमा विष्णुमाया बलको गोलमार्पmत अग्रता लियो । आरती भुजेलको कर्नरमा कोशीका डिफेन्डरले क्लियर गर्न अलमल गरे ।

त्यसको फाइदा लिँदै विष्णुमायाले पेनाल्टी बक्सबाट कोशीको गोलकिपरको विपरित छेउतिर गरेको फितलो प्रहार गोलमा परिणत भयो । यद्यपि, बागमतीको अग्रता लामो समयसम्म टिकेन । तीन मिनेटपछि नै समीक्षा मगरले गोल फर्काउँदै कोशीलाई बराबरीमा ल्याइन् । नेहाकुमारी चौधरीको लामो पासमा समीक्षाले उत्कृष्ट हेडमार्पmत बललाई जाली चुमाएकी हुन् ।

३१औं मिनेटमा नै कोशीको अग्रता लिने प्रयास सफल भएन । यो प्रयासमा वागमतीकी गोलकिपर करुणा बुढाथोकी बाधक बनिन् । सुनीता सरकारले लामो दूरीबाट गरेको प्रहार करुणाले बचाएकी हुन् ।

यससँगै पहिलो हाफ १–१ को बराबरीमै सकियो । दोस्रो हाफमा कोशीले अग्रता लिने अवसर पायो । ५५ औं मिनेटमा प्राप्त आत्मघाती गोलबाट कोशीले अग्रता लिएको हो । प्रतिक्षा राईले पेनाल्टीबक्स बाहिरबाट गरेको प्रहार रोक्ने क्रममा वागमतीकी कप्तान दिव्या यसमालीमगर आत्मघाती गोल गर्न पुगिन् ।

यससँगै कोशीले पहिलोपल्ट अग्रता लियो । जुन अग्रता अन्तिमसम्म जोगाउँदै कोशीले दोस्रो जित दर्ता गरेको हो । त्यसबीच दुवै तर्पmबाट केही प्रयास भएपनि थप गोल निस्कन सकेन ।

अब आईतवार कोशीले कर्णाली र वागमतीले विभागीय टोली नेपाल पुलिस क्लवको सामना गर्नेछन् । दिनकै दोस्रो खेलमा कर्णाली र वालिङ पहिलो जितको खोजीमा प्रतिष्पर्धा गर्दै एकअर्काविरुद्ध प्रतिष्पर्धामा उत्रिएका थिए ।

तर विदेशी खेलाडी ज्याकलिनको ह्याट्रिकमा वालिङले पहिलो सफलता प्राप्त ग¥यो । पहिलो खेलमा कर्णालीले चन्द्रपुर नगरपालिकासँग १–१ को बराबरीको नतिजा प्राप्त गर्दा वालिङले भने कोशीसँग हार सामना गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *