यी हुन् एनपीएलका ८ टिमका मालिक,पोखरा सबैभन्दा मंहगो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा काठमाडौंमा सञ्चालन हुने नेपाल प्रिमियर लिग-एनपीएलका ८ फ्रेन्चाइज टिम मालिकको छनौट गरिएको छ ।

काठमाडौं कान्तिपुरले, पोखरालाई पोखरा नेपाल टी २० प्रालीले किनेको छ । चितवनलाई चितवन मेडिकल कलेजले किनेको छ ।यस्तै विराटनगरलाई म्याड ड्रिम्सले,लुम्बिनीलाई फर्चुनले,जनकपुरलाई ड्रिम स्पोर्टसले, कर्णालीलाई हिमालय बिल्डर्स र सुदुरपश्चिमलाई एम्पायर स्पोर्टसले किनेका छन् ।

एक करोड ५० लाख बेस प्राइस तोकिएको काठमाडौंलाई कान्तिपुर मिडिया ग्रुपले ३ करोड ३३ लाखमा किनेको छ ।यस्तै, नेपाल टी-२० प्रालिले एक करोड ३० लाख रुपैयाँ बेस प्राइस तोकिएको पोखरा ३ करोड ५७ लाखमा लिएको छ ।

चितवन मेडिकल कलेजले एक करोड २० लाख बेस प्राइस तोकिएको चितवनलाई एक करोड ७६ लाखमा खरिद गरेको छ । फर्चुना हेल्थ केयरले एक करोड २० लाख बेस प्राइस तोकिएको लुम्बिनी एक करोड ८६ लाखमा किनेको छ ।

एक करोड बेस प्राइस तोकिएको जनकपुर २ करोड ५ लाखमा विक्री भयो । एक एक लाख बेस प्राइस भएका कर्णाली एक करोड ११ लाख र सुदुरपश्चिम एक करोड ६८ लाख ८ हजार ८८ मा विक्री भएको छ ।

क्यान र फ्रेन्चाइज मालिकबीच १० वर्षको सम्झौता हुनेछ ।प्रतियोगिता आगामी मंसिर १५ देखी पुस ६ गतेसम्म त्रिवी मैदानमा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *