प्रेस विज्ञप्ति

एनसेल एप मार्फत प्रहरी चारित्रिक प्रमाणपत्रको लागि सजिलै आवेदन लिन सकिने

काठमाडौँ । एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखी अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब यो एप मार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्नेछन् ।

कम्पनीका अनुसार यस सुविधाले अब एक महत्वपूर्ण सार्वजनिक सेवा सहजै यो एपबाट पनि लिन सकिनेछ । सधैँ अन प्रति कम्पनीको प्रतिबद्धता र ग्राहकको अनुभवलाई अझै अभिवृद्धि गर्दै लैजाने योजना अनुरुप एनसेलले पुलिस रिपोर्टका लागि आवेदन दर्ताको सुविधा आफ्नो एपमा थप गरेको हो । प्रयोगकर्ताहरूले पुलिस रिपोर्टको लागि सिधै एप मार्फत आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्छन् ।

साउन २९ गतेबाट लागु हुने गरि एनसेलले नेपाल प्रहरीको वेबसाइट https://www.nepalpolice.gov.np/ लाई आफ्नो नेटवर्कमा बिना कुनै डेटा शुल्क चल्ने गरि निःशुल्क बनाएको थियो । यसले प्रहरीमा उजुरी, पुलिस रिपोर्टका लागि अनलाइन आवेदनलगायतका सेवाहरु लिनका लागि यो वेबसाइट चलाउँदा इन्टरनेटको पैसा नलाग्ने भएको छ ।

‘एक जिम्मेवार कर्पोरेट नागरिकको हैसियतले नेपाल प्रहरीसँगको सहकार्यमा विभिन्न सार्वजनिक सेवाहरू डिजिटल रूपमा हाम्रो ग्राहकमैत्री एनसेल एप मार्फत उपलब्ध गराउन पाउँदा खुसी छौं । यदि हामीले डिजिटल समाज र देशको परिकल्पना गर्छौं भने यस्ता पहलहरू आधारभूत आवश्यकताहरू हुन्,’ एनसेलका चिफ रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने । ‘सधैँ अनको महत्वलाई थप बढाउँदै, एनसेलले डिजिटल रूपमा सेवाहरू प्रदान गर्न र सरकारको डिजिटल नेपाल अवधारणालाई सघाउन समान विचारधाराका भएका बैङ्कहरू जस्ता साझेदारहरूसँग सहकार्य गरेर एनसेल एपमा थप सुविधाहरू थप्ने काम गरिरहेको छ ।’

एनसेलको यो एपले स्व–सेवाको अवधारणालाई पुनः परिभाषित गरेको र डिजिटल रूपान्तरणका लागि नभई नहुने एक सेल्फ केयर एपको रुपमा स्थापित गरेको जनाएको छ । कम्पनीका अनुसार यस एपलाई स्थानीय श्रम बजारमा उपलब्ध सूचना प्रविधि क्षेत्रका प्राविधिकहरूको प्रयोग गरेर अद्यावधिक गरिएको छ र यसले ग्राहकहरूलाई विभिन्न सेवा, सुविधाका बारेमा जानकारी प्रदान गर्दछ ।

यो एप लामो वा छोटो समयका लागि देश बाहिर रोमिङमा रहेका नेपालीहरूका लागि पनि एकदमै महत्त्व राख्ने कम्पनीले जनाएको छ । रोमिङका बेलामा ग्राहकहरूले सजिलै रिचार्ज गर्न, प्याकहरू किन्न र आफू देश बाहिर भए पनि सहजै सम्पर्कमा रहन सक्छन् । ग्राहकहरूले सजिलैसँग गुगल प्ले स्टोर वा एप स्टोरमा गई एनसेल एपलाई अपडेट वा डाउनलोड गर्न सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *