तीजको दिन सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो ?

काठमाडौं । हरितालिका तीजको दिन आज (शुक्रबार) सुनको मूल्यमा कीर्तिमानी कायम भएको छ । सुनको मूल्य हालसम्मकै बिन्दुमा पुगेर १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

बिहिबार प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार १ हजार ३ सय रुपैयाँले बढेर १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य पनि १३ सयले नै बढेर एक लाख ५२ हजार छ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ ३० रुपैयाँले बढेर प्रतितोला १७ सय ९५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *