तिजको रौनक, विदेशी पनि नाचे (तस्बिरहरु)

काठमाडौं । आज हरितालिका तिज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदैछ ।

आज दशेभरका शिवालयहरुमा व्रत बस्ने महिलाहरुको भीड लाग्ने गर्दछ ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा तिर्थालु एवं व्रतालु महिलाहरुको भीड छ ।

अविवाहित महिलाले राम्रो श्रीमान पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको राम्रो होस् भन्ने मनशायसहित व्रत बस्ने चलन छ । निराहार व्रत बसे मनोकामना पूरा हुने शास्त्रोक्त कथन छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरु भएको पौराणिक मान्यता छ ।

आज देशभर तिजको रौनक छ । नेपाली महिलासंगै विदेशी महिलाहरुले तिज मनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *