श्रीलङ्काको प्रदेशस्तरिय टिमसँग हार्‍यो नेपाल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का डेभलपमेन्ट–११ सँग पराजित भएको छ ।

अन्तिम एक दिवसीय अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित भएको हो ।

जितका लागि नेपालले दिएको १६० रनको लक्ष्य श्रीलङ्काले २६ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो ।

श्रीलङ्काको जितमा के सञ्जुलाले ६० बलमा सर्वाधिक ६८ रनको योगदान गरे ।

नेपालका लागि गुलशन झाले २६ रन खर्चेर २ विकेट लिए ।

कप्तानी गरेका सोमपाल कामीले २ विकेट लिए भने एक विकेट स्पिनर ललित राजवंशीको नाममा रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *