दुई महिनाभित्र अस्पतालमा सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

ललितपुर । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले शुक्रवार गोदावरी नगरपालिका–११ स्थित बज्रबाराही अस्पताल अनुगमन अस्पतालमा देखिएका कमीकमजोरी दुई महिनाभित्र सुधार गर्न निर्देशन दिएका छन् ।

“अस्पतालमा आकस्मिक उपचार कक्षमा जाने बाटोमा समस्या रहेको, ल्याव र स्टोर व्यवस्थित नभएको, तोकिएअनुसार औषधि नराखिएको, सबै कर्मचारी र डाक्टर समयमै उपस्थित नभएको पाइएपछि दुई महिनाभित्र सुधार गर्न निर्देशन दिइएको छ”, अनुगमनपछि मन्त्री मगरले भने । उनले अस्पताल व्यवस्थापनले पनि सुधारको प्रतिबद्धता जनाएको बताए ।

अनुगमनका क्रममा स्वास्थमन्त्री मगरसहित युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, नेकपा (एमाले) बागमती प्रदेशका सचेतक मधुसूदन पौडेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *