विश्वकप छनोटमा ब्राजिलले इक्वेडरलाई हरायो

काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिलले इक्वेडरलाई पराजित गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा खेलको एक मात्र गोल ३०औं मिनेटमा रोड्रीगोले गरेका थिए । यो दक्षिण अमेरिकी विश्वकप छनौटमा ब्राजिलको तेस्रो जित हो । ७ खेलमा ३ जित एक बराबरी र ३ हार बेहोरेको ब्राजिलको १० अंक रहेको छ । ब्राजिल अंक तालिकामा चौथो स्थानमा छ भने इक्वेडरको भने ७ खेलमा ८ अंक रहँदा अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।

विश्वकप छनोटको दक्षिण अमेरिकी पोलमा अर्जेन्टिना पहिलो स्थानमा छ भने उरुग्वे र कोलम्बिया दोश्रो र तेश्रो स्थानमा छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *