घरेलु मैदानमा फ्रान्स इटलीसँग स्तब्ध

काठमाडौं । फ्रान्स युइएफए नेसन्स लिगको पहिलो खेलमा इटलीसँग पराजित भएको छ । ए टु समूहमा शुक्रवार इटलीले फ्रान्सलाई ३-१ ले पराजित भएको हो ।

फ्रान्सको घरेलु मैदानमा भएको खेलमा इटालीलाई जिताउन डेबिडे फ्राटिसी, फेडरिको डिमार्को र ज्याकोमो रासबोडोरीले गोल गरे । फ्रान्सका ब्राडली बारकोलाले गोल गरे ।

नेसन्स लिग अन्तर्गत अब फ्रान्सले अर्को खेल सेप्टेम्बर १० मा बेल्जियमसँग खेल्दै छ भने इटालीले सेप्टेम्बर १० मै इजरायलसँग खेल्ने छ ।

लिगमा अर्को खेलमा यसै समूहमा बेल्जियमले इजरायललाई ३-१ ले पराजित गर्यो । समूह बी टु मा रहेका स्लोभेनिया र अस्ट्रियाले १-१ को बराबरी खेले ।

समूह बी फोरमा रहेका वेल्स र टर्कीले गोल रहित बराबरी खेल्दा सोही समूहमा रहेको आइसल्यान्डले मोन्टेनेग्रोलाई २-० ले पराजित गर्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *