सौन्दर्यता मासेर कंक्रिटको पहाड बनेको काठमाडौं (फोटो कथा)

काठमाडौँ । सहरलाई विभिन्न रूपमा परिभाषित गर्न सकिन्छ । व्यवस्थित, आधुनिक र सुविधायुक्त बसोबास भएको सुन्दर बस्ती नै सहर हो । सहरमा विकास निर्माणका प्रक्रिया तीव्र रूपमा अघि बढिरहेका हुन्छन् ।

राज्यका विशाल संरचना पनि त्यही सहरमा बनाइएको हुन्छ । राज्यले प्रदान गर्ने मुख्य सेवा–सुविधा सहरमै केन्द्रित हुन्छन् । हामीकहाँ सहरको विकासलाई हेर्ने हो भने व्यावसायिक र प्रशासनिक केन्द्रको रूपमा सहर विकास भएको देखिन्छ ।

अहिले धेरै गाउँघर सहरीकरण भइरहेका छन् । यो विश्वकै स्थिति हो भन्दा पनि हुन्छ । अरू देशका अभ्यासलाई हेर्ने हो भने एउटै सहरमा करोडौं मानिसको बसोबास पनि भइरहेको देखिन्छ । पुरानो काठमाडौँ र अहिलेको काठमाडौँमा धेरै फरक पाइन्छ । पुरानो काठमाडौँको सौन्दर्यता अहिले मासिएको छ ।

जथाभाबी फोहोर, अस्तव्यस्त भवन निर्माण आदिले सहरको सौन्दर्यता मेटिएको छ । एकै किसिमका घरहरू छैनन् । निर्माण गतिविधि झनै अस्तव्यस्त छ । त्यसको प्रमाण काठमाडौँका अग्ला घरहरूबाट एक पटक नियाल्दा स्पष्ट हुन्छ ।

त्यसै काठमाडौँ सहरलाई कङ्क्रिटको सहर भनिएको होइन । पुरानो काठमाडौँ हेर्दा युरोप जस्तै देखिन्थ्यो तर अहिले कङ्क्रिटको पहाड बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *