गृहमन्त्रीको रोजाइमा दवाडी, पाए गृहको सचिवको जिम्मेवारी

काठमाडौं । गृह सचिवको जिम्मेवारी गोकर्णमणि दवाडीले पाएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयबाट राष्ट्रिय तथ्याङ्क कार्यालयमा साउन १७ मा सरुवा भएका दवाडी छोटो समयमै गृह मन्त्रालयमा सरुवा भएका छन् । तत्कालीन गृह सचिव एक नारायण अर्याल मुख्य सचिवमा बढुवा भएपछि गृह सचिव पद रिक्त थियो ।

वि.सं. २०७९ मा राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सफल भएका दवाडी त्यतिबेला निर्वाचन आयोगको सचिव थिए । वि.सं २०७७ मा सचिवमा बढुवा उनले कुशल प्रशासकको छवि बनाएका छन् । त्यही कारणले नै हुनुपर्छ सचिव दवाडी गृहमन्त्री रमेश लेखकको रोजाइमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *