वायु प्रदूषणसम्बन्धी नीतिको ड्राफ्ट हुँदैछ : इन्दिरा राना

काठमाडौँ । उपसभामुख  रानाले वायु प्रदूषणसम्बन्धी नीति बनाइने बताएकी छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले खुला फोरममार्फत सांसदहरूसँग बसेर वायु प्रदूषण सम्बन्धी नीति बनाउनेबारे छलफल गरिरहेको बताइन् । उनले जलवायु परिवर्तन र वायु प्रदूषणका कारण ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरूलाई धेरै असर परिरहेको भन्दै सोबारेमा बुलन्द आवाज उठाउनुपर्ने बताइन् । शिक्षामा समावेशी ढाँचा हुनुपर्ने बताइन् ।

उनले भनिन् ‘शिक्षामा पनि हाम्रो इन्क्लुसिभ फ्रेमवर्क हुनुपर्छ । डिसेब्लिटिजलाई काउन्सिलिङ गर्नेदेखि लिएर उनीहरूलाई कस्तो किसिमको इन्भायरोमेण्ट चाहिन्छ ? त्यो उनीहरूको लागि पनि सोच्नुपर्छ । इँटाभट्टामा काम गर्ने मजदुरहरूको सन्तानले धेरै नै कठिनाइ भोग्नुपर्छ । स्मोकबाट जुन इँटाहरू बनाइन्छ, त्यसले डाइरेक्ट बच्चालाई इफेक्ट हुन्छ । विश्वकै आँकडा हेर्ने हो भने धुवाँ पोलुसनले गर्दा धेरै मानिसको मृत्यु भइरहेको छ । यस्तो कुरालाई चिरेर लैजानुपर्छ । म अहिले लुज फोरममा एयरपोलुसनमा पोलिसी बनाउने भनेर लागिरहेको छु । टाइनी भेन्टिलेशनले गर्दा धेरै बच्चाहरूको मृत्यु भइरहेको छ । ज्येष्ठ नागरिकहरू, महिलाहरूलाई विभिन्न रोग लागेर मृत्यु भइरहेको छ । त्यो कुरालाई पनि ध्यान दिएर एयरपोलुसन, क्लाइमेट चेन्जलाई पनि हामीले आवाज बुलन्द रुपमा उठाउनु पर्नेछ । मैले पोलिसीको लागि पनि ड्राफ्ट गरिरहेको छु ।’

उपभासमुख रानाले महिला, बालबालिकाहरूका लागि सरकारले छुटाएको बजेट कम रहेको भन्दै आपत्ति जनाइन् । उनले कानुन बनाएर मात्रै नहुने भन्दै बनाएका कानुनहरूको कार्यान्वयन गर्न जोड दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *