नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी : अर्थतन्त्र चलायमान हुने व्यवसायी र उपभोक्ताको विश्वास

काठमाडौँ । एकै छानामुनि अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङहरूबारे जानकारी पाउन मेला महत्वपूर्ण भएको अवलोकन कर्ताहरूले बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा भदौ २१ गतेबाट सुरु भएको तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीमा अवलोकनका लागि पुगेका उनीहरुले यस्तो बताएका हुन् । उनीहरुले होलसेलर र ठूला कम्पनीहरूका लागि मेला अझ बढी उपयुक्त हुने बताए । यस्ता मेलाले देशको अर्थतन्त्रलाई चलायमान बनाउने र प्रविधिको जानकारी मिल्ने उनीहरु बताउँछन् ।

मेलामा नयाँनयाँ सामग्रीहरू पाएको बताए । यस्ता मेला भइरहे जानकारी लिनका लागि सहयोग पुग्ने बताए । मेलामा विज्ञा प्रविधिको नयाँनयाँ सामग्रीहरू पाएको बताए । अवलोकनका लागि पुग्नुभएका हरिकृष्ण तिवारी, चन्द्रमणि श्रेष्ठ, गौरीशंकर यादवले विभिन्न विद्युतीय सामग्रीहरूको र प्रविधिको बारेमा बुझ्नका लागि सही भएको बताए । उनीहरुले नयाँ प्रविधिका सामग्रीहरू सस्तो मूल्यमा पाइने बताए ।

यता, मेलामा स्टल राखेर बसेका व्यवसायीहरू भने नयाँ प्रविधिका बारेमा बुझ्नका लागि मेला उपयुक्त हुने बताउँछन् । एकै छानामुनि विभिन्न १५० भन्दा बढी कम्पनीहरूका सामानहरूको बारेमा जानकारी लिनु पनि उपभोक्ताहरूका लागि राम्रो हुने बताए । प्रिमियर वायर्सका केबल डिपार्टमेण्टसका सेल्स म्यानेजर कृष्ण लामिछानेले व्यापार प्रवर्द्धनका लागि जानकारी दिनका लागि मेला आयोजना गरेको बताए ।

उनले आवश्यक उपभोक्ताहरूको उल्लेख्य उपस्थिति रहेको बताए । यता प्रिमियर स्टिलका ब्राण्ड म्यानेजर सजल राउतले उपभोक्ता र व्यवसायी बीचको ग्यापलाई मेलाले पूरा गर्ने लक्ष्यसहित स्टल राखेर मेलामा सहभागिता जनाएको बताए । व्यवसायी प्रितम सुवेदीले नेपालमा उत्पादित विद्युतीय सामग्रीहरूको बारेमा र अन्य देशबाट ल्याइएका नयाँनयाँ सामग्रीहरूको बारेमा जानकारी गराउन मेलामा सहभागिता जनाएको बताए ।

शुक्रवारदेखि तेस्रो नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी जारी छ । शुक्रवार (भदौ २१ गते) देखि सुरु भएको प्रदर्शनी आईतवारसम्म चल्नेछ । मेलामा अवलोकनकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको व्यवसायीहरू बताउँछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *