नेपाल–भारत सम्बन्धलाई मजबुत बनाउन इपिजी प्रतिवेदनलाई अघि बढाउनुपर्छ : कानूनविद् अधिकारी

काठमाडौँ । कानुनविद् डा. विपिन अधिकारीले नेपाल–भारतले ईपीजी प्रतिवेदन अघि बढाउन ढिलाइ गर्न नहुने बताएका छन् ।

दुई मुलुकबीचको असमानतालाई हटाउन पनि सो प्रतिवेदन बुझ्ने र त्यसै अनुसार अघि बढ्ने काममा ढिलाइ गर्न नहुने उनको भनाई थियो । सूर्यनाथ उपाध्यायद्वारा लिखित पुस्तक ‘इन्टरनेशनल वाटरकोर्स लः अ परसपेक्टिभ अन नेपाल इण्डिया ओअपरेशन’ को समीक्षात्मक टिप्पणी गर्दै कानूनविद अधिकारीले दुई मुलुकबीचका देखिएका असमानका सम्बन्धलाई सम्बोधन गर्ने कुरामा सरकारले ढिलाइ गर्न नहुने बताए ।

उनले नेपालको जलस्रोतलाई दुई मुलुकबीचको भूराजनीतिको विषय बनाउन नहुने पनि उल्लेख गरे ।

कानूनविद् अधिकारीले भने ‘नेपाल भारतीबीचको अनइक्वायल रिलेशन छ । हो, त्यसलाई सम्बोधन गर्नैपर्छ । यो जुन हाम्रो इपिजीको कुरा छ । यसलाई पनि टुंग्याउनु पर्छ । र वाटरलाई जियोपोलिटिकल टुलका रुपमा प्रयोग गर्नु हुँदैन । अब यति कुरा भयो भने हाम्रो सम्बन्धमा देखिएका इरिटेशनहरु बाँकी रहँदैन । यो त चुट्की बजाएर सबै समाधान हुन्छन् ।’

कानूनविद अधिकारीले नेपालले विगतमा पनि भारतसँग कमजोर ढंगले प्रस्तुत हुँदा विगतमा भएका असमान खालको सन्धि सम्झौता पुनरावलोकन हुन नसकेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *