नेपाल आइपुगे भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी

काठमाडौँ । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी नेपाल आएका छन् । उनी नेपाली फिल्म ‘शाम्बाला’ को प्रिमियर शोको लागि शनिबार दिउँसो नेपाल आइपुगेका हुन् ।

शाम्बालाका निर्देशक मिन भामले त्रिभुवन विमानस्थलमा सिद्धिकीलाई स्वागत गरे । आइतबार साँझ छायाँ सेन्टरस्थित क्यूएफएक्स हलमा उक्त फिल्मको नेपाल प्रिमियर हुँदैछ ।

त्यस्तै भारतीय फिल्म निर्देशक अनुराग कश्यप पनि नेपाल आउने निर्माण टिमले जनाएको छ ।

यो फिल्म भदौ २८ गतेबाट नेपाली सिनेमाहलमा रिलिज हुँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *