देश बनाउनका लागि ३६ हजार १०७ जना रविहरू जन्माउनुपर्छ : डोलप्रसाद अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्माउनुपर्ने बताएका छन् ।

शनिवार पार्टीको सिन्धुली–काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्यालले आफ्नो पार्टी सभापतिको नाम लिँदै देश बनाउनका लागि एउटा रवि लामिछानेले मात्रै नसक्ने बताएका हुन् । उनले देशलाई परिवर्तन गरी समृद्ध बनाउनका लागि हरेक वडामा रविहरूलाई जन्माउनुपर्ने बताए ।

उनले भने –‘हामी को हौँ भनेर कहिलेकाहीँ चर्चा हुन्छ । म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु, हामीले करिब ३६ हजार १०७ जना रविहरू यो देशमा जन्माउनु पर्नेछ । ३६ हजार १०७ जना रविहरू यो देशमा जन्मियो भने अनि मात्र सायद यो देशले, देशको नागरिकले, रास्वपाले हामी को हौँ भन्दै गर्दा २०७९ असार ७ गते राष्ट्रिय सभागृहमा पार्टी सभापतिज्यूले जे बोल्नुभएको थियो । हामी त्यही रहिरहनेछौँ । हामी त्यहाँबाट काहीँ विचलित भएका छैनौँ । हामी परिवर्तन भएका छैनौँ ।

उनले देश बनाउनका लागि ३६ हजार १०७ जना रविहरू जन्माउनुपर्ने र आफूहरू त्यही अभियानमा लागेको बताए । उनले रवि बन्नका लागि आचारसंहिताको पालना गर्नुपर्ने भन्दै सबैलाई आचारसंहिता पालना गरी संगठन निर्माणमा लाग्न आग्रह गरे । उपसभापति अर्यालले आफूहरू पार्टी स्थापना गर्दाको सङ्कल्पबाट विचलित नभएको भन्दै पार्टी स्थापनाको उद्देश्यमा कायम रहेको बताए ।

उनले भ्रष्टाचार गर्नेलाई रास्वपामा कुनै ठाउँ नभएको स्पष्ट पारे ।

उनले भने – ‘बाजा नबजाईकन जन्ती आउँछ भने गाउँलेलाई थाहा हुँदैन । तर जन्ती आइसकेपछि बाजा बज्न थाल्छ त्यसपछि सबै गाउँलेलाई थाहा हुन्छ । २०७९ मंसिर ४ गते रास्वपालाई त्यस्तै भएको थियो । सायद कसैलाई थाहा थिएन रास्वपा कसरी आउँछ ? कस्ता नेताहरूको उत्पत्ति हुन्छ ? भनेर । जब मंसिर ४, वैशाख १० ले देखायो, सरकारमा गएर देखायौँ । त्यसपछि थाहा भयो सबैलाई यिनीहरू साँच्चै नै केही गर्न आएका रहेछन् । हामीले खाइरहेको, हामीले लिइरहेको भाग नै खोस्न आएका रहेछन् । यो देशको नागरिकलाई सुसूचित गर्न आएका रहेछन् । भ्रष्टाचारको अन्त्य गर्ने नै भए जस्तो छ यिनीहरूले त्यस कारण राजनीतिलाई ज–जसले पेसा बनाएर बसेका थिए ती पेसा बनाएर बस्नेहरू आत्तिने अवस्थाले गर्दा कहिलेलाई नेतृत्वलाई लखेटेजस्तो । केन्द्रले गल्ती नै गरेको हो कि क्या हो जस्तो तपाईँहरूलाई सशङ्कित बनाउँछ । हामीले जे बोलेका छौँ त्यसलाई परिमार्जन गर्दै जान्छौँ तर त्यही हौँ । रास्वपाका नेताहरूले भ्रष्टाचार ग¥यो भने भ्रष्टाचार गरेको हो भन्ने प्रमाणित हुनुप¥यो । प्रमाणित भएपछि हामीसँग कुनै बाटाहरू छैनन् जोगाउने । त्यो अन्तिम नै हो । जनतालाई केही दिन्छु भनेर आएको मान्छे आफ्नो पार्टीभित्र बसेर भ्रष्टाचार गर्न सक्दैन । यो फरक हो हाम्रो । रास्वपाका कुनै नेताले आफ्ना श्रीमती, आफ्ना दिदी, भाई, बहिनीलाई आफू नेता भएकाले पदमा पु¥याउने र सांसद बनाउने काम गर्दैन । परिवारवाद यो पार्टीमा लागु हुँदैन । संगठन बिस्तारमा आचारसंहिता लागु गर्नुपर्छ । हामीले हरेक वडामा रविहरूलाई जन्म दिनुपरेछ । एकजना रविले यो देश बन्ने भएको भए उहाँ टेलिभिजनमा भएर कराउँदै गर्दा बन्थ्यो होला । बन्दैन । हामीले हाम्रो संविधान भित्रै बसेर ३६ हजार भन्दा बढी रविलाई जन्म दिनुपर्नेछ यो देशमा । रविहरू, जसले यो देशको परिवर्तन गर्नु, देशलाई समृद्ध बनाउनु, भ्रष्टाचारको अन्त्य गर्नु अनि नागरिकलाई यो देशमा राज्य, सरकार छ भनेर महसुस गराउने अवस्थामा पु¥याउनलाई हामीलाई ती मान्छेहरू चाहिएकाले त्यस्तो मान्छे बन्नलाई आचारसंहिता महत्वपूर्ण हुन्छ ।’

उनले रास्वपामा परिवारवाद पनि लागू नहुने भन्दै अन्य पार्टीहरू भन्दा धेरै कुरामा रास्वपा फरक भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *