नेकपा एकीकृत समाजवादीका अध्यक्ष स्वदेश फिर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मित्रराष्ट्र रुसको भ्रमण सम्पन्न गरी शनिवार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ता पुगेका थिए ।

रुसमा आयोजित ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन अध्यक्ष नेपाल यही भदौ १६ गते त्यसतर्फ प्रस्थान गरेका थिए । यही भदौ १८ देखि २१ गतेसम्म सञ्चालन भएको सम्मेलनमा अध्यक्ष नेपालले साउथ एसियन इकोनोमिक फोरमको समूहगत छलफलमा भाग लिएका थिए ।

त्यस अवसरमा अध्यक्ष नेपालले चीन, रुसलगायत विभिन्न देशका कम्युनिष्ट नेताहरूसँग भेटघाट तथा आपसी हितका बारेमा छलफल गरेका थिए । अध्यक्ष नेपाल स्वदेश फर्किएसँगै पार्टीका विभिन्न केन्द्रीय विभाग, इन्चार्जसहितको जिम्मेवारी तोकिने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *