महानगरलाई गाली गरेर न्याय पाइन्न, तपाइकै नेतालाई प्रश्न गर्नु होला : बालेन

काठमाडौं । काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौं महानगर पालिकालाई गाली गरेर न्याय नपाइने बताएका छन् ।

अदालतले गरेको फैसला अनुसार महानगरले जग्गासम्बन्धी सूचना जारी रहेको बताउँदै मेयर बालेनले भएको कानुन र फैसलालाई कार्यान्वयन गर्दा महानगरले दोष पाएको बताएका छन् । उनले गलत जानकारी दिएर जनतालाई उचाल्ने काम भइरहेको बताएका छन् ।

उनले आन्दोलित जनतालाई काठमाडौँ महानगरलाई गाली गरेर न्याय नपाउने बताएका छन् । उनले आफ्नै नेताहरूलाई प्रश्न गर्न सुझाएका छन् ।

‘तपाईँहरू न्याय खोज्नु हुन्छ भने काठमाडौँ महानगरलाई गाली गरेर तपाइले न्याय पाउनु हुन्न । तपाइकै नेतालाई प्रश्न गर्नु होला, यस्तो कानुन किन बनाइस् भनेर । निकास दे भनेर आफ्नै नेतालाई भन्नु होला,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

मेयर बालेनले नयाँ मापदण्ड अन्तर्गत पर्ने कुनै घर नभत्काइने जनाएका छन् । भत्काउनै परे सरकारले मुआब्जा दिनु पर्ने उनले बताएका छन् ।

उनले संघ सरकारलाई दबाब दिन आग्रह पनि गरेका छन् ।

उनले लेखेका छन्– ‘तपाईँ को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निश्चिन्त रहनुहोस् भत्काउनै परे मुआब्जा दिनु पर्छ सरकारले ,५० वर्ष पहिलेको तीनकुने को मुआब्जा दिन नसक्ने सरकारले तपाईँलाई दिन नि सक्दैन भत्काउन नि सक्दैन । तपाईँको लागि हामी छदै छौ , केन्द्र सरकारलाई दबाब दिनुहोस् नियम परिवर्तनको लागि । जब नियम परिवर्तन हुन्छ हामी सोही अनुसार फेरि सूचना जारी गरि हाल्नेछौ त्यतिन्जेल कोही नठ्गियोस भन्ने चाहना मात्र हो हाम्रो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *