शान्तिचोकमा कन्टेनरले हान्दा बाइक चालकको मृत्यु

मुग्लिन । चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार वीरगन्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना ८ख २८१८ नम्बरको कन्टेनरले विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश०६-००३प ४८५१ नम्बरको मोटरसाइकललाई आज बिहान रत्ननगर नगरपालिका-३ शान्तिचोकमा ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक रत्ननगर-१५ का ३४ वर्षीय जीवन मग्रातीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मग्रातीको उपचारका क्रममा बकुलहर अस्पताल टाँडीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

ठक्कर दिने कन्टेनर र त्यसका चालक बाराको गडीमाई नगरपालिका-५ का ३६ वर्षीय श्यामसुन्दर सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *