श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ । श्री एयरलाइनसको एसएचए १२१ विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो ।

बिहान ७ बजेको उक्त फ्लाइट भूइँ छाडेको ८ मिनेटमै फेरि विमानस्थलमै फर्काइएको थियो । विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

कम्पनीका बजार प्रबन्ध अनिल मानन्धरका अनुसार यात्रुलाई अर्को विमानबाट सुर्खेत पठाइएको छ ।

प्रतिक्रिया

One thought on “श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

  1. आहा लाई 2 पटक भइसक्यो बेलैमा यस्ता जहाज साइट लगाउने कि एक दिन दुःखको समाचार बनाउने सम्बन्धित निकायको बेलैमा ध्यान जाओस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *