हिजबुल्लाह र इजरायली सेनाबीच सीमा क्षेत्रमा गोली हानाहान

काठमाडौं । हिजबुल्लाहले उत्तरी इजरायल र इजरायलले कब्जा गरेको गोलान हाइट्समा आईतवार धेरै सैन्य साइटहरूलाई निशाना बनाएको थियो । लेबनानका आधिकारिक र सैन्य स्रोतहरूका अनुसार इजरायली सेनाको हवाई हमलाबाट तीन नागरिकलाई घाइते भएका छन् ।

लेबनानका दक्षिणी गाउँहरूमा आक्रमणको बदला लिन आइरन डोम प्लेटफर्म र इजरायली सैन्य स्थानहरूलाई निशाना बनाएर कब्जा गरिएको गोलान हाइट्समा रहेको अल–जाउरामा ड्रोन आक्रमण गरेको हिजबुल्लाहले बयानमा जिम्मेवारी लिएको बताएको छ ।

लेबनानी सैन्य स्रोतहरूले इजरायली लडाकु विमान र ड्रोनले दक्षिणी लेबनानको पूर्वी र मध्य क्षेत्रका गाउँ र शहरहरूलाई लक्षित गरी पाँचवटा हवाई हमला गरेको छ । खिरबेट सेल्ममा भएको एउटा आक्रमणमा तीन जना सर्वसाधारण घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *