विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु

काठमाडौं । केन्याका राष्ट्रपति विलियम रुटोले एक विद्यालयमा भएको आगलागीमा १७ बालबालिकाको मृत्यु भएपछि घटनाको छानबिन गर्न आदेश दिएका छन् । आगालागीबाट १७ जनाको ज्यान गएको छ भने १३ जना गम्भीर घाइते भएका छन् ।

रुटोले न्यारीको हिलसाइड एन्दाराशा एकेडेमीमा भएको आगलागीमा दोषीलाई कारबाही गरिने बताए । राष्ट्रपतिले सरकारी निकायलाई पनि पीडितलाई सहयोग गर्न स्रोत परिचालन गर्न निर्देशन दिए । आगलागीमा परी मृत्यु हुनेको उमेर सातदेखि ११ वर्षको रहेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय प्रहरी सेवाका प्रवक्ता रेसिला ओनयाङ्गोले आगलागीको कारण पत्ता लगाउन सुरक्षा विज्ञहरूको टोलीले अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *