प्रेस विज्ञप्ति

टिभिएस नेपालद्वारा ‘नयाँ युगको आरम्भ’ अफर सार्वजनिक

काठमाडौँ । काठमाडौँ नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’ नामको विशेष योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु १० लाख सम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना सीमित समयावधिका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

‘नयाँ युगको आरम्भ’ योजना अन्तर्गत ,[www.tvsnepal.com/dashain]मा गएर नकिन्दै पाँच लाख सम्म जित्ने मौका र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ । र हरेक सप्ताह १०० प्रतिशत क्यास ब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ ।

यस कम्पनीले जीवनभरको लागि वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा, ग्यारेन्टी बिनाको इजि फाइनान्स उपलब्ध गराउने बताएको छ । साथै, टिभिएसका ग्राहकहरूलाई एओजी र एनओजी समुदायमार्फत सदस्यताको नयाँ अनुभव प्रदान गरिनेछ ।

थप रूपमा, टिभिएसले ‘मेरो साथी’ एप मार्फत बुकिङ सेवाहरू, स्पेयर पार्ट्स अर्डर गर्नेदेखि लिएर टिभिएससँग जोडिन र विशेष अफरहरू बारे सूचना प्रदान गर्ने सम्पूर्ण सुविधाहरू उपलब्ध गराउने जानकारी पनि दिएको छ ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पाङ्ग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *