सरकारले मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गरोस् : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न सरकारलाई आग्रह गरेका छन् ।

अध्यक्ष लिङ्देनले चाडवाड नजिकिदै गर्दा सबै उपभोग्य वस्तुहरुको चर्को मूल्यवृद्धि भइरहेको बताएका हुन् । उनले सरकारले जनजिविका र जनताको समस्याहरुमा ध्यान केन्द्रित गर्न नसकेको बताए ।

उनले मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले कडा रुपमा अनुगमन गर्नुपर्नेमा जोड दिए ।

‘अहिले तपसिलका विषयहरुमा सरकार केन्द्रित भइराखेको छ । जनजीविकाका विषयहरुमा, जनताका दैनिक समस्याहरुमा सरकारको ध्यान केन्द्रित हुन सकेको छैन मात्रै होइन, चाडवाडको मुखमा आएपछि विगतमा बढ्ने मूल्यवृद्धि भन्दापनि कयौँ गुणा मूल्यवृद्धि भएको छ,’उनले भने, ‘एउटा विषयमा, एउटा वस्तुमा मात्रै होइन । सरकारले यसमा कडा अनुमगन गरोस् । सरकारले उपभोक्ताको हितलाई ध्यान देओस् भन्ने म आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष लिङदेनले सरकारले उपभोक्ताको हितलाई ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *