प्रेस विज्ञप्ति

मुक्तिनाथ बैंकका ग्राहकहरूलाई धादिङको ‘त्रिशूली बिच रिर्सोट’ मा विशेष छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरूलाई थप सेवा दिन धादिङको गल्छीमा रहेको ‘त्रिशूली बिच रिर्सोट’ संग विभिन्न सेवासुविधाहरुमा छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।

बैंकका अनुसार यस व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले यस रिर्सोटमा बसाई तथा खानामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले बैंकको मान्य डेबिट कार्ड/ प्रिभलेज कार्ड पेस गर्नुपर्ने छ वा बैंकको मोबाइल / इन्टरनेट बैंकिङ्ग द्वारा गर्न भुक्तानी गर्नु पर्नेछ ।

साथै, बैंकले ‘नेपालमै टिक्न, सजिलो छ’ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू ल्याएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *