प्रेस विज्ञप्ति

काठमाडौँ स्पाइकर्सद्वारा टिमको आकर्षक लोगो सार्वजनिक

काठमाडौँ । काठमाडौँ स्पाइकर्सले राष्ट्रिय मञ्चमा पाइला टेक्नै लाग्दा सिङ्गो नेपालको ढुकढुकी बढ्न थालेको छ।

एभरेष्ट वुमेन्स भलिबल लिगको एक फ्रन्चाइजीको रूपमा काठमाडौँ स्पाइकर्सले देशका महिला खेलाडीहरूलाई प्रेरणा दिने र उनीहरूलाई बलियो बनाउने लक्ष्यसहित नेपालको राष्ट्रिय खेल भलिबलको इतिहासमा एउटा नयाँ अध्यायको सुरुवात गर्ने जनाएको छ ।

टिमले काठमाडौँ सहरको समृद्ध संस्कृति र आफ्नो सफलताको बलियो चाहना समेट्ने चिन्हको रूपमा टिमको लोगो सार्वजनिक गरेको जनाएको छ ।

शरद कुमार टिबरेवालाको स्वामित्वमा रहेको काठमाडौँ स्पाइकर्सले खेलकुदमा नेपाली महिलाहरूको सहभागितालाई बढाउने र खेल स्तरलाई अझै माथि उठाउने लक्ष्य राखेको जनाएको छ । खेलकुदको प्रवर्द्धन गर्दै नयाँ पुस्ताका खेलाडीलाई बलियो बनाउन प्रतिबद्ध काठमाडौँ स्पाइकर्स एउटा टिम मात्र नभई नेपाली महिलाहरूको बल र जोसको प्रमाणको रूपमा समेत उभिएको काठमाडौँ स्पाइकर्सले जनाएको छ।

लोगो सार्वजनिक गर्ने क्रममा काठमाडौँ स्पाइकर्सकि सीओओ सुदिक्षा अधिकारीले उत्साह व्यक्त गर्दै भनिन्, ‘काठमाडौँ स्पाइकर्स यहाँ आफ्नो प्रभाव छोड्न आएको हो । टिमको लोगो सार्वजनिक भएसँगै नेपाली युवा महिलाहरूलाई प्रेरणा दिने यात्रामा हामीले आज आफ्नो पहिलो पाइला चालेका छौँ । भलिबल राष्ट्रिय खेल मात्र नभई हाम्रो एकता र बलको चिन्ह पनि हो । काठमाडौँको प्रतिनिधित्व गर्दै एभरेष्ट वुमेन्स भलिबल लिगमा आफ्नो छाप छोड्न हामी तयार छौँ ।’

सार्वजनिक गरिएको नयाँ लोगोमा काठमाडौँ सहरको समृद्ध संस्कृतिलाई बुझाउने गोल्डेन, सिल्भर र कालो रङ्गको आकर्षक संयोजन गरिएको छ । लोगोको केन्द्रमा रहेको मन्दिरले सहरको आध्यात्मिक मूल र यसको गहिरो सांस्कृतिक विशेषताहरूलाई प्रतिनिधित्व गर्छ ।

मन्दिरको छेउमा मिड–स्पा इकमा रहेकी भलिबल खेलाडीलाई चित्रण गरिएको छ, जसले काठमाडौँ स्पाइकर्सको बल, स्फूर्ति र सफलताको चाहनालाई मूर्त रूप दिन्छ । परम्परा र खेलाडीको कलाको यो मिश्रणले काठमाडौँ र काठमाडौँ स्पाइकर्स दुवैको भावना समेट्दै लोगोलाई टिमको वास्तविक पहिचान रूपमा उभ्याएको छ।

काठमाडौँ स्पाइकर्सका मालिक शरद कुमार टिबरेवालाले भने, ‘टिमको लोगो सार्वजनिक गर्ने क्षण हाम्रो यात्राको एउटा महत्त्वपूर्ण मोड हो । यो लोगो एउटा चिन्ह मात्र हैन, यसले आफूलाई यो स्थानमा देख्न चाहने धेरै महिलाहरूको सपना र इच्छालाई समेत प्रतिनिधित्व गर्छ । हामी नेपालमा भलिबलप्रतिको माया बढाउन लागि परेका छौँ । हामी प्रतिस्पर्धा गर्न, प्रेरणा दिन र पछिसम्म रहने विरासत स्थापना गर्न आतुर छौँ ।’

एभरेष्ट वुमन्स भलिबल लिगमा डेब्यूको तयारीमा रहेको काठमाडौँ स्पाइकर्सलेयस यात्रामा आफूलाई हौसला प्रदान गर्न सबै नेपालीहरूलाई आग्रह गरेको छ । टिमको लोगो सार्वजनिक भएपछि स्पाईकरहरू जोश र सङ्कल्पका साथ अगाडिका चुनौतीहरू सामना गर्न तयार रहेको जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *