क्यानडामा हुने ‘लिग टू’का लागि रोहितको कप्तानीमा १६ सदस्यीय टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्न टोली घोषणा गरेको छ । क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी छन् । त्यस्तै अर्जुन साउँद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ) रहेका छन् । टोलीमा विकेटकिपर अर्जुन साउँद र तिब्र गतिका बलर रिजन ढकालले पुनरागमन गरेका छन् । क्यानडा भ्रमणका लागि नेपालको टोली घोषणा गरिएको हो ।

लिग २ मा नेपालले पहिलो खेल सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ । त्यस्तै नेपालले सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ । लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी२० आई सिरिज पनि हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *