रोल्पामा बन्दुकको कुन्डाले हानेर ७१ वर्षीया वृद्धाको हत्या

रोल्पा । रोल्पामा ७१ वर्षीया वृद्धाको हत्या भएको छ । थवाङ गाउँपालिका-२ जाजरकोट टोलकी ७१ वर्षीया सारू रोकाको सोमबार मध्यराति हत्या भएको हो ।

उनको हत्या गरेको आरोपमा स्थानीय ३५ वर्षीय रामकुमार रोकालाई प्रहरीले पक्राउ गरेको छ । रोकाले बन्दुकको कुन्डाले वृद्धाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । राति १२ बजे वृद्धाको हत्या भएको भन्ने सूचनापछि पुगेको प्रहरीले आरोपिलाई मदिराले मातेर घरमै सुतिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

हत्यामा प्रयोग भएको बन्दुक घटनास्थलदेखि ७५ मिटर पर पातिको झाडीमा फेला पारेको प्रहरीले बताएको छ । घटना थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय घर्ती गाउँवाट प्रहरी निरीक्षक कृष्ण सोनीको कमाण्डमा थप ५ जनाको टोली घटनास्थलमा खटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *