पाँचथर विस्फोट : मृतक परिवारलाई ५/५ लाख दिइने, घाइतेको उपचार निःशुल्क
मकालु खबर
२०८१ भदौ २५ गते
काठमाडौं । सरकारले पाँचथर बेवारिसे बम विस्फोटका घाइते दुई बालकको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा युद्धकालको बेवारिसे बम विस्फोटमा घाइते भएका पवन राई र दिप्सन राईको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।
पवन र दिप्सनको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ । यस्तै मृतकका परिवारलाई जनही ५/५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
डाँडागाउँमा यही भदौ १३ गते द्वन्द्वकालको ह्यान्डमेड सकेट बम विस्फोट हुँदा ११ वर्षीय दिप्सन सावा र अढाइ वर्षीया प्रिन्सा सावाको मृत्यु भएको थियो ।
मकालु खबर
२०८१ भदौ २५ गते
प्रतिक्रिया
सम्बन्धित