‘अब नाच्छ अमेरिका’अन्तर्गत टेक्ससको कार्यक्रम भव्यरुपमा सम्पन्न, नयाँका वर्षका लागि अर्को कार्यक्रम घोषणा 

टेक्सस । अमेरिकाको टेक्सस राज्यको राजधानी अष्टिनमा आयोजना गरिएको ‘अब नाच्छ अमेरिका’ कार्यक्रममा कलाकारको प्रस्तुतिले दर्शकहरू रमाएका छन् । गोरखा ग्रुप एलएलसीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा गायिका रचना रिमाल, शान्ति श्री परियार र ज्योति मगरले दर्शकहरूलाई आफ्नो सुरिलो धुन र मनमोहक प्रस्तुतिले मन्त्रमुग्ध बनाएका हुन् ।

भव्यताका साथ सम्पन्न भएको कार्यक्रममा करिश्मा ढकाल र ज्योति मगरले पनि आफ्नो आकर्षक प्रस्तुतिबाट दर्शकहरूलाई धित मर्ने गरी नचाएका थिए । कार्यक्रममा पछिल्लो पुस्ताका चर्चित कलाकारहरूको सहभागिताले हौसिएका अमेरिकावासी नेपालीको बाक्लो सहभागिता रहेको थियो ।

कार्यक्रम भव्यताका साथ सम्पन्न भएपछि नेपाल सरकारका पर्यटन दूत तथा फ्लाईनेपाका निर्देशक विनोद अधिकारी र गोरखा ग्रुप एलएलसीका प्रबन्ध निर्देशक समाजसेवी डिबी रावतले सबैलाई धन्यवाद दिएका छन् ।

गोरखा ग्रुप एलएलसीका प्रबन्ध निर्देशक रावत अमेरिकामा बसेर समाजसेवामा सक्रिय व्यक्ति हुन् । उनले अमेरिकासँगै नेपालका विभिन्न ठाउँमा ठूलो योगदान पुर्‍याएका छन् । प्रवासी नेपाली माझ परिचित रावतले यसअघि पनि विभिन्न इभेन्टहरु सफलतापूर्वक सम्पन्न गरेका थिए ।

प्रबन्ध निर्देशक रावतले परदेशमा रहेका नेपालीलाई आफ्नो घर देशको झल्को दिलाउने उद्देश्यले कार्यक्रम गरिएको बताए । ‘कार्यक्रम अत्यन्तै सफल रह्यो, यसले हाम्रो प्रयासलाई सार्थक बनाएको ठानेका छौं,’ उनले भने ।

उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भए पश्चात् आउने नेपाली नयाँ वर्षको अवसरमा मार्च, अप्रिल र मेमा ‘नेपाल-अमेरिका शुभकामना साँझ-२०२५’को समेत घोषणा गरिएको थियो । सो कार्यक्रममा अमेरिका आउन चाहने  नेपाली कलाकारहरूलाई प्रबन्ध निर्देशक रावत वा गोरखा ग्रुप एलएलसीमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *