१००औं खेलमा ह्यारी केनले गरे दुई गोल
मकालु खबर
२०८१ भदौ २६ गते
काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले फिनल्याण्डविरुद्ध २-० गोल अन्तरको जित निकालेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डका कप्तान ह्यारी केनको १००औँ क्यापमा उनैले गरेको २ गोलको मद्दतले इंग्ल्याण्ड विजयी भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल केनले दोस्रो हाफमा गरे । ५७औँ मिनेटमा एलेकजेन्डर आर्नोल्डको पासमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए ।
केनले ७६औँ मिनेटमा माडुकेको पासमा गोल गरेपछि अग्रता दोब्बर भयो । त्यसपछि दुवै टिमले गोल नगर्दा अन्ततः इंग्ल्याण्ड २-० गोल अन्तरले विजयी भयो । केनले इंग्ल्याण्डको राष्ट्रिय टिममा सन् २०१५ मा लिथुआनियाविरुद्ध डेब्यु गरेका थिए ।
मकालु खबर
२०८१ भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित