लुम्बिनी प्रदेशका वन मन्त्रीको राजीनामा स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिएका राजीनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका छन् ।

बाँके क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मी गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री नियुक्त भएका थिए ।

मन्त्रीमा नियुक्त भएदेखिनै उनको बारेमा मानव अधिकारकर्मीले विरोध गर्दै आएका थिए । आफूमाथि लागेको आरोपबारे छानबिन गर्न मार्ग प्रसस्त गर्न उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *