भेनस हस्पिटल र प्रभु बैंक बीच विशेष छुट सम्झौता
काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई काठमाडौँ–११, मध्यबानेश्वरमा स्थित भेनस हस्पिटल प्रा.लि.र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहका बिच भेनस हस्पिटल प्रा.लि. का तर्फबाट जनरल म्यानेजर मनीषा ढकाल र प्रभु बैंक लि.का तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु विष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।
सो समारोहमा प्रभु बैंक लिमिटेड, बानेश्वर शाखा प्रमुख रचिता विष्ट र भेनस हस्पिटल प्रा. लि. की प्रशासन प्रमुख मनीषा न्योैपाने समेतको उपस्थित रहेको थियो ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले भेनस हस्पिटल प्रा.लि.मा उपचार सेवा लिँदा फार्मेसी, हेल्थ प्याकेज, डाईग्नोष्टिक, अन्र्तगतका सेवाहरूमा ७ प्रतिशत देखी १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंक जनाएको छ ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्युआर बाट समेत भुक्क्तानी गर्न सक्नेछन् । साथै भेनस हस्पिटलले अन्तरङ्ग तथा बहिरङ्ग, रेडियोलोजी, प्याथोलोजी लगायत का सेवा समेत प्रदान गर्दे आइरहेको छ ।