केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुने

काठमाडौँ । नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटी ले ‘Experience Kaiyi’ टेष्ट ड्राइभ कार्यक्रम यही भाद्र २९ र ३० गते आयोजना गर्ने जनाएको छ ।

भाद्र २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाट–भटेनी नक्सालमा गई केईको इलेक्ट्रिक एसयूभ X3 Pro EV, इलेक्ट्रिक ह्याचब्याक E-Qute 04 र E-Qute 02 टेष्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरू राखिएको र सहभागीहरू मध्य एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड Bosch को mixer grinder प्राप्त गर्ने जनाएको छ ।

इच्छुकहरूले केई को शोरुम गई यस योजनामा सहभागी भई टेस्ट–ड्राइभ गर्न सक्नेछन् । यस कार्यक्रमको विस्तृत जानकारी को लागि ९८०१२०११०३ मा सम्पर्क गर्नु सकिनेछ ।

लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजन अन्तर्गत बिक्री वितरण गरिएको केई चाइनिज ब्रान्ड हो जुन नाडा अटो शो मा पहिलोपटक सार्वजनिक गरिएको थियो ।

तत्पश्चात् कम्पनीले गाडीको ड्राइभिङ अनुभव प्रदान गर्न यो कार्यक्रम आयोजना गरेको जनाएको छ । हालै मात्र कम्पनीले केई ब्रान्डको सर्भिसको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस, काठमाडौं स्थित तीनकुने मा सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *