नेपालमा ‘अल्टिमा अल्कालाइन् ब्याट्री र साइरन टर्च’ लन्च
काठमाडौँ । एभरेडी इण्डष्ट्रिज इण्डिया लि.ले नेपालमा अल्टिमा अल्कालाइन ब्याट्रीहरू र डीएल १०२ साइरन टर्च लन्च गरेको छ ।
काठमाडौंको ह्यात प्लालेसमा आयोजित पत्रकार सम्मेलनबीच कम्पनीले उक्त अल्टिमा अल्कालाइन ब्याट्रीहरू र डीएल १०२ साइरन टच सार्वजनिक गरेको हो ।
यी उत्पादनहरूले दैनिक जीवनलाई बढवा दिँदै व्यक्तिगत सुरक्षालाई साथ दिएर उद्देश्य परिचालित उच्च गुणस्तरीय समाधानहरूका साथ नेपाली बजारलाई सेवा पु¥याउने एभरेडीको रणनीतिक विस्तार र समर्पणलाई संकेत गरेको कम्पनीले जनाएको छ ।
नयाँ अल्टिमा अल्कालाइन ब्याट्रीहरूले खेलौना, भिडियो गेमहरू, र मेडिकल उपकरणहरू जस्ता उच्च–निकास यन्त्रहरूका लागि ८०० प्रतिशतसम्म लामो समयसम्म चल्ने शक्ति प्रदान गर्ने कम्पनीले जनाएको छ । जसले एभरेडीको उन्नत प्रविधि मार्फत उत्कृष्ट प्रदर्शन प्रदान गर्ने फोकसलाई बलियो बनाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अभियान अन्तर्गत सुरु गरिएको साइरन टर्चले सबैका लागि सुरक्षाको आवश्यकतालाई जोड दिन्छ, विशेष गरी महिलाहरू, सुन्ने र बोल्ने क्षमता नभएका समुदायको नेतृत्वमा, उत्पादनलाई सशक्तीकरण र सुरक्षाको शक्तिशाली प्रतीक बनाइएको छ ।