सांसद चौधरीले कालापानी र लिपुलेक भारतको भनेपछि पार्टीले सोध्यो स्पष्टीकरण
मकालु खबर
२०८१ भदौ २७ गते
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपमहासचिव एवं सांसद मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । गत मंगलबार एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिका आधारमा पार्टीले संघीय सांसद चौधरीलाई तीन दिने स्पष्टीकरण सोधेको हो ।
एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै लिपुलेक र कालापानीमा भारतको रहेको अर्थ लाग्ने अभिव्यक्ति दिएको भन्दै चौधरीलाई स्पष्टीकरण सोधिएको हो । पार्टीले तीन दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ ।
‘अनेकौँ तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् । हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदित नै छ । त्यसविपरीत, मुलुकको अखण्डता र सार्वभौसमसत्ताका विरुद्ध तपाईँले किन बोल्नु भएको हो ?’ महासचिव घनश्याम भुषालद्धारा सोधिएको स्पष्टीकरणमा उल्लेख छ ।
मकालु खबर
२०८१ भदौ २७ गते
प्रतिक्रिया
सम्बन्धित