प्रेस विज्ञप्ति

टिभिएसको रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कुटिको फ्युल इन्जेक्सन भेरियन्ट अब नेपालमा

काठमाडौँ । विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस रेडर (एफआइ), टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट र टिभिएस रेडिअन (एफआइ) नेपालमा सार्वजनिक गरेको छ ।

यी नयाँ उत्पादनका साथ टिभिएस मोटर कम्पनीले उत्साहीहरुलाई मात्र शक्तिशाली सवारी नभई सहज र इको–फ्रेन्ड्ली सवारी दिने ग्यारेन्टी दिने जनाएको छ ।

टिभिएसका अनुसार यी फ्युल इन्जेक्सन भेरियन्टका टू–ह्विलरहरु बिएस – भिआइ एफआइ प्लेटफर्ममा, जुनसुकै सवारी परिस्थितिमा पनि उत्साहीलाई अद्भुत र रमाइलो अनुभव सुनिश्चित गर्न विशेष रुपमा डिजाइन गरिएको छ । यी नयाँ उतपादनहरु एडभान्स्ड इन्जिनियरिङ र स्टाइलिश डिजाइनका साथ उत्कृष्ट प्रदर्शनको लागि नयाँ पुस्ताका राइडरहरुलाई ध्यानमा राखी बनाइएको हो ।

टिभिएस मोटर कम्पनीका उपाध्यक्ष– इन्टरनेसनल बिज्नेस, राहुल नायकले भने, ‘हामी हाम्रो मिलेनियल र डिजीटलाइजेसनमा निर्भर जेन जी ग्राहकहरुको लागी स्कुटर र मोटरसाइकल दुवै क्षेत्रमा जहिले नयाँ शैली र नयाँ सुविधायुक्त, आउने पिडिलाई उपयुक्त हुनेगरी आफ्नो उत्पादनहरु अघि बढाउँछौ । नेपाल सधैँ हाम्रो लागि एउटा मूल्य व्यापार केन्द्र रहेको छ र टिभीएस राइडर (एफआइ), टिभीएस एनटर्क (एफआइ) र टिभिएस रेडिआन (एफआइ) को नयाँ भेरियन्ट नेपालमा सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौ । यी नयाँ मोडेलहरूको अनौठो डिजाइन, प्रदर्शन र प्रविधिले हाम्रो नवीनता प्रति प्रतिबद्धता देखाउँछ । यो विशेष रूपमा रोमाञ्चकता, आराम, र आधुनिक सवारी अनुभव खोज्ने राइडरहरूको लागि बनाइएको साधन हो ।’

जगदम्बा मोटर्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘नेपालमा विगत ९ वर्षदेखि टिभिएस मोटर कम्पनीका आधिकारिक वितरकको रूपमा हामी फेरि ब्रान्डसँग साझेदारी गर्न पाउँदा खुसी छौं । टिभिएस मोटरले सधैं हाम्रा नेपाली ग्राहकहरूको आवश्यकतालाई पूरा गर्ने उत्पादनहरू प्रस्तुत गरेको छ । हामीलाई विश्वास छ, हाम्रा ग्राहकहरुलाई यी नयाँ भेरियन्टहरूले चित्त बुझ्नेछ र यसको प्रस्तुतिले नेपालमा टिभिएस कम्पनीको पकड अझ मजबुत पार्नेछ । नयाँ भेरियन्टहरू सबै उत्साहीहरुको पक्कै पनि मन जित्नेछ र सवारी अनुभवलाई सबैभन्दा राम्रो बनाउनेछ ।’

टिभिएस रेडर एफआइ भेरियन्टः टिभिएस राइडर यसको स्टाइलिश डिजाइन र शक्तिशाली प्रदर्शनका कारण युवा र गतिशील राइडरहरू बीच लोकप्रिय रहेको छ। हालै सार्वजनिक गरिएको एफआइ भेरियन्टले यसलाई थप उचाइमा पुर्याउँदै निम्न सुविधाहरू प्रदान गर्दछ ।

फ्युल दक्षताः यसमा फ्युल इन्जेक्सन प्रविधिले फ्युलको प्रयोगलाई अनुकुल बनाउँछ र दैनिक होस् कि लामो सवारीको लागि किफायती बनाउँछ ।

उत्तम प्रदर्शनः राडरहरूले सहज र रोमाञ्चक सवारी सुनिश्चित गर्दै सहज पावर डेलिभरी र कम इन्जिन कम्पनहरू अनुभव गर्न सक्छन् ।

परिष्कृत स्टाइलिङः टिभिएस रेडर एफ़आइ भेरियन्ट युवाहरूको प्राथमिकता अनुरूप बोल्ड ग्राफिक्स र भाइवरेन्ट रंगहरुमा उपलब्ध छ ।

टिभिएस एनटर्क भेरियन्टः टिभिएस एनटर्कले स्कुटर सेगमेन्टमा खेलकुद शैलीलाई स्मार्ट सुविधाहरूसँग संयोजन गर्दै ट्रेन्डसेटरको रूपमा स्थापित गरेको छ । यस भेरियन्टमा पाइने कुराहरुः

  • सुपीरियर थ्रॉटल रेस्पोन्स : उन्नत एफआइ प्रणालीले राइडरहरु बीच उत्साह बढाउँदै प्रतिक्रियाशील एक्सेलेरेशन प्रदान गर्दछ ।
  • इको–फ्रेन्डली राइड : राम्रो फ्युल व्यवस्थापनको साथ, टिभिएस एनटर्क भेरियन्टले कम उत्सर्जन प्रदान गर्दै वातावरणलाई प्रदुषणमुक्त राख्न मदत गर्दछ ।
  • अत्याधुनिक डिजाइनस् एफआइ भेरियन्टले एनटर्कको आइकोनिक डिजाइन एलीमेंटहरु कायम राख्दै नयाँ डिकल र रंग विकल्पहरू ल्याएको छ ।

टिभिएस रेडिअन एफआइ भेरियन्टस् आधुनिक यात्रीको लागि डिजाइन गरिएको टिभिएस रेडिअन एफआइले १५ ५ माइलेज दिन्छ , जसले हरेक यात्रालाई स्मार्ट, सहज र प्रभावकारी बनाउँछ । यस भेरियन्टमा पाइन सकिने फाइदाहरु :

  •  स्थायित्व : रेडिअन एफआइमा भएको ड्युरा इन्जिनले लामो समयसम्म टिक्ने माइलेज र प्रदर्शन दिन्छ । यसको सुपर बलियो बक्स फलामको चेसिसले बाइकलाई मजबुत र स्थिर बनाउँछ, जसले गर्दा यो हरेक किसिमका सडकहरूमा चलाउनको लागि सहज हुन्छ ।
  • आरामदायी र सुविधाजनक : यस भेरियन्टमा भएको लामो कुसन सिट, क्यारियरसहितको पिलियन ग्रेब्रेल, दैनिक अत्यावश्यक वस्तुहरूको लागि हुकसहितको लेडी पिलियन ह्यान्डल र सुविधाजनक अल गियर सेल्फ–स्टार्ट सुविधाले , सवारीको अनुभव बढाउन्छ ।
  • सुरक्षित : सुरक्षालाई ध्यानमा राखी यसमा प्रिमियम अलोय ह्विल, डिस्क ब्रेक, र सिंक्रोनाइज्ड ब्रेकिङ टेक्नोलोजीको व्यवस्था गरिएको छ,।

टिभिएस रेडर , टिभिएस एनटर्क र टिभिएस रेडिअनका नयाँ एफआइ भेरियन्टहरू अब नेपालभरका सबै अधिकृत टिभिएस डिलरशिपमा उपलब्ध छन् । टिभिएस रेडर एफआइ को मूल्य रु २,९२,९००, टिभिएस एनटर्क एफआइ को मूल्य रु २,७९,९०० र टिभिएस रेडिअन एफआइको मूल्य रु २,३६ ,९०० रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *