तस्बिरमा ‘क्यानभासमा जिरी’ कला प्रदर्शनी

काठमाडौँ । काठमाडौँस्थित नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा ‘क्यानभासमा जिरी’ कला प्रदर्शनी भएको छ ।

‘दोलखाको रमणीय उपत्यका जिरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘पर्यटन प्रवर्द्धन मञ्च, नेपाल’ को आयोजनामा आज शुक्रवार उक्त प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव श्रीपालि सहित ६ जना कलाकारले बनाएका ३२ वटा चित्रहरू राखिएका छन् ।

उक्त चित्रहरू एक्रेलिक र जलरङ प्रयोग गरी बनाइएका छन् ।

प्रदर्शनी भदौ ३० गतेसम्म चल्नेछ ।

तस्बिरहरू :

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *