यी हुन् एनपीएलका मार्की प्लेयर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का मार्की प्लेयर सार्वजनिक गरिएका छन् ।

शुक्रवार एनपीएलले ८ जना मार्की प्लेयर सार्वजनिक गरेको हो । एनपीएल मंसिर १६ देखि पुस ६ गतेसम्म सञ्चालन हुने छ ।

मार्की खेलाडीमा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी छन् ।

यस्तै सोमपाल कामी, करण केसी, कुशल मल्ल, कुशल भुर्तेल र आसिफ शेख पनि मार्की प्लेयरमा अटाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *