प्रेस विज्ञप्ति

क्लासिक टेकको रिफर बोनस ६ महिना, ‘तिमिलाई पनि मलाई पनि !’

काठमाडौँ । क्लासिक टेकले रिफर अफर अन्तरगत तिमिलाई पनि मलाई पनि अफर सार्वजनिक गरेको छ ।

क्लासिक टेकका अनुसार ग्राहकले क्लासिक टेक मोबाइल एपबाट रिफर गर्दा, रिफर गर्ने र रिफर मार्फत इन्टरनेट + आइपी टी.भी जडान गर्ने दुवै जनाको हात खालि नहुने अर्थात् दुवैको एकाउन्टमा बोनस थपिने गरि उक्त अफर सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार रिफर गर्ने ग्राहकले ४ महिना इन्टरनेट + आइपी टी.भी र रिफर मार्फत इन्टरनेट जडान गर्ने ग्राहकले २ महिना सम्मको इन्टरनेट + आइपी टी.भी बोनस साथै वाइफाइ भएको डुवल ब्याड राउटर समेत निशुल्क पाउने कम्पनीले बताएको छ ।

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूको लागि सार्वजनिक गरेको रिफर अफर भने १२५ एम बि पी एस देखी ३०० एम बि पी एस सम्मको १ वर्ष को इन्टरनेट + आइपी टी.भी जडान गर्दा रिफर बोनस पाउने छन् । १२५ एम बि पि एस जडान गर्दा प्रति महिना रू ३०३ र २०० एम बि पि एस जडानमा प्रति महिना रू. ५९१ लाग्नेछ ।

आफ्नो आफन्त, छरछिमेकी, साथीभाइ, स्टमित्रहरुलाई क्लासिक टेक मोबाइल एपबाट सजिलै रिफर गर्न सकिने कम्पनीले बताएको छ ।

उक्त अफर सीमित अवधिको लागि मात्र रहेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *