संवैधानिक परिषद् बैठक

प्रधानन्यायाधीशको टुंगो लागेन

काठमाडौं । संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार साँझ बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो ।

संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने भन्दै कुनै निर्णय नगरी संवैधानिक परिषद्को बैठक सकिएको छ । भावी प्रधानन्यायाधीश लगायत संवैधानिक पदहरुमा सिफारिस गर्न बसेको संवैधानिक परिषदको अर्को बैठक भदौ ३१ गते बस्ने छ ।

संवैधानिक परिषद्मा प्रधानन्यायाधीश,प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष,प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुखका सदस्य रहने संवैधानिक व्यवस्था छ ।

वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज २० गतेबाट अवकाशमा जाने भएकोले सो भन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ ।

न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्मा पठाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *