पल्सर स्पोर्ट्स अवार्ड

पारा एथलिट अफ दी इयरको अवार्ड पलेशा गोवर्धनलाई

काठमाडौं । पारा एथलिट अफ दि इयरको अवार्ड पलेशा गोवर्धनलाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोर्ट्स अवार्डमा कीर्तिमानी पलेशालाई शुक्रवार उक्त अवार्ड प्रदान गरिएको हो ।

हाङजाउ पारा एसियन गेम्समा जितेको काश्य पदकका लागि उनलाई यो अवार्ड प्रदान गरिएको हो । उनले एक लाख नगद सहित गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् ।

पलेशाले हालै मात्र फ्रान्समा भएको पारालिम्पिक्समा कांस्य पदक समेत जितेकी थिइन् । पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *