रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, यी हुन् ९ एजेण्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले शनिबार दिउँसो १ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन् ।

बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधिका साथै राष्ट्रिय भेलाबारेमा छलफल हुनेछ । कार्यवाहक प्रवक्ता मनिष झाले बैठकका ९ एजेण्डा सार्वजनिक गरेका छन् । जसअनुसार :-

१. समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधि बारे छलफल।
२. राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्ट बारे कार्यवाहक महामन्त्रीबाट अपडेट
३. राष्ट्रिय भेलाको प्रस्तावित कार्य तालिकामा छलफल।
४. राष्ट्रिय भेलाको हालसम्मको तयारी सबै उपसमितिद्वारा प्रस्तुत र छलफल।
५. राष्ट्रिय भेलामा प्रस्तुत हुने प्रतिवेदनहरू प्रस्ताव र आवश्यक छलफल सम्बन्धमा।
६. जिल्ला भेला र जिल्ला समिति गठन गर्ने सम्बन्धमा ।
७. विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र आवश्यक छलफल गर्ने।
८. प्रस्तावित नियमावली र कार्यविधिहरू सम्बन्धमा।
९. विविध

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *