सुदुरपश्चिमको मार्की खेलाडी बने ऐरी, विराटनगरमा सन्दीप

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिमको मार्की प्लेयर शनिबार टुङ्गो लागेको छ ।

नेपाल क्रिकेट सङ्घले शुक्रबार ८ मार्की प्लेयरको नाम सार्वजनिक गरेको थियो । शनिबार आयोजित कार्यक्रममा ती मार्की प्लेयरको टिम टुङ्गो लगाइएको हो ।

जस अनुसार काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन् ।

एनपीएल आगामी नोभेबर ३० देखि २१ डिसेम्बरसम्म हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *