क्रिकेटरलाई ‘प्लाट फर्म’ दिने उत्तम माध्यम एनपिएल हो– पारस खड्का

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटप्रतिको क्रेजलाई समेट्दै नेपाली क्रिकेटरलाई राम्रो प्लाट फर्म प्रदान गर्र्न नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गरिएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजना भएको मार्की छनोट कार्यक्रममा क्यानका सचिव पारसले एनपिएल आयोजना गर्नुको पछाडि नेपाली क्रिकेटरलाई राम्रो प्लाट दिने उद्देश्य रहेको बताए ।

उनले एनपिएलमा सहभागी आठ फ्रेन्चाइज टोलीलाई जिल्लाहरूसँग पनि जोड्ने उल्लेख गरे । समर्थकको साथ र समर्थनसँगै नेपाली क्रिकेटलाई अझ माथि उठाउन क्यान पनि पारदर्शी ढंगले काम गरिरहेको उनको विश्वास छ ।

सचिव पारसले नेपाली प्रिमियर लिगले ग्रासरुट क्रिकेट विकासमा मद्दत गर्ने आशा व्यक्त गरे । उनले मार्की प्लेयर, टिमका मालिक र स्थानीय प्रशिक्षक मिलेर फ्रेन्चाइज टोलीको ब्रान्ड बढाउन भुमिका खेल्ने उल्लेख गरे ।

यो शुरुवात भएकाले पहिलो संस्करणमा आर्थीक भार नपरोस् भनेर केही मापदण्ड बनाइएको उाको भनाइ छ । उनले एनपिएलको उचाईसँगै सबै फ्रेन्चाइज टोलीले पनि ब्रान्ड बिल्डिङ गर्दै जाने हो भने नेपाली क्रिकेटमा धेरै सुखद् क्षण आउने बताए ।

क्यानका सचिव पारसले मार्र्की र फ्रेन्चाइज टोलीबीच तीन वर्षको सम्झौता रहेको र यो अवधिपछि दुवै पक्षले नयाँ यात्राको थालनी गर्न पाउने उल्लेख गरे ।

तर मार्कीको पारिश्रमिकको विषयमा क्यान र फ्रेन्चाइजबीच छलफल गरेर निर्धारण गर्ने उनको भनाइ छ । उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रदर्शन राम्रो गर्न एनपिएल आवश्यक रहेको औंल्याए । टिम खेलमा सबै खेलाडीको योगदान समान रहने भएकाले गोलाप्रथाबाट मार्की छनोट गरिएको क्यानका सचिव पारसले स्पष्ट पारे ।

तीन वर्षको अवधिमा कुनै मार्कीलाई स्विच गर्नसक्ने प्रावधानबारे पनि छलफल भइरहेको उनले उल्लेख गरे । उनले नेपाली खेलाडीका आर्थिकस्तर सुधार गर्न मैदानमा हुने प्रदर्शनले निर्धारण गर्ने र त्यसका लागि ग्रासरुट क्रिकेटको भूमिका महत्वपूर्ण रहने भएकाले एनपिएल आयोजना गरिएको बताए ।

क्यानका सचिव पारसले क्यानले विदेशी खेलाडीको लिस्ट तयार पारिसकेको भए पनि फ्रेन्चाइज टोली यो कोटामा अनुवन्ध गर्न स्वतन्त्र रहेको स्पष्ट पारेका छन् । स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीका लागि छिट्टै रजिस्टन खुलाइने र दशैँभन्दा अगाडि नेपाली खेलाडीको अक्सन गरिने उनले बताए । क्यानका सचिव पारसले पहिलो संस्करण भएकाले पनि फ्रेन्चाइज टोली आर्थिक भार नपर्ने तवरबाट खेलाडीको मूल्य तय गरिने संकेत गरेका छन् ।

आगामी मंसिरको तेस्रो सातादेखि शुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) का मार्की खेलाडी २० लाख रुपैयाँ पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी मंसिर १५ देखि पुस ६ सम्म हुने तय छ ।

उक्त एनपिएलमा खेल्ने आठ फ्रेन्चाइज टोलीका मार्की खेलाडी २० लाख रुपैयाँ पाउने भएका हुन् । क्यानले शनिबार काठमाडौंमा आयोजना गरेको मार्की खेलाडी छनोट गर्ने कार्यक्रममा उनीहरूले पाउने पारिश्रमिक बारे जानकारी दिएको हो । शनिबार गोलाप्रथाबाट नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल लुम्बिनी र पूर्वकप्तान सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी तय भएका छन् ।

काठमाडौंले तिब्र गतिका अनुभवी बलर करण केसीलाई मार्की खेलाडीको रूपमा पाएको छ । त्यस्तै ओपनर कुशल भुर्तेल पोखरा र अलराउन्डर कुशल मल्ल चितवनको मार्की तय भएका छन् । अर्का ओपनर आसिफ शेख जनकपुर, अनुभवी बलर सोमपाल कामी कर्णाली र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिमका मार्की खेलाडीका रूपमा छनोट भएका छन् । पोखराको स्वामित्व नेपाल टी–२० प्रा.लि., काठमाडौंको स्वामित्व कान्तिपुर पब्लिकेशन र चितवनको स्वामित्व चितवन मेडिकल कलेजले खरिद गरेको हो ।

लुम्बिनीको स्वामित्व फच्र्युना हेल्थ केयर, जनकपुरको ड्रिम्स स्पोर्ट्स र कर्णालीको स्वामित्व हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सले खरिद गरेको हो । इम्पायर स्पोर्ट्स म्यानेजमेन्टको स्वामित्वमा सुदूरपश्चिम छ ।

एमएडी ड्रिम स्पोटर््सले विराटनगर दुई करोड पाँच लाख खरिद गरेको थियो । पोखराका लागि सबैभन्दा बढी तीन करोड ५७ लाख मूल्यमा खरिद भएको हो । कर्णाली सबैभन्दा कम एक करोड ११ लाखमा हिमालयनले फ्रेन्चाइजी पाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *