माओवादीलाई फकाउने सभामुखको प्रयास असफल
मकालु खबर
२०८१ भदौ ३० गते
काठमाडौं । दलहरूको आन्तरिक विवादका कारण संसद बैठक प्रभावित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।
संसद्लाई माओवादी ‘हिंसा’ शब्दलाई लिए अवरुद्ध गरिरहेको छ । दलहरूबिच सहमतिको वातावरण मिलाउन सभामुखले बोलाएको बैठक पनि निष्कर्षविहीन बनेको छ ।
संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले आइतबार दलहरूको बैठक बोलाएका थिए । तर, दलहरूबिच सहमति हुन सकेन ।
संसद्को रेकर्डमा दर्ज भएको ‘माओवादी हिंसा’ भन्ने शब्द हटाउनु पर्ने माओवादीको अडानका कारण बैठक निष्कर्षविहीन बनेको हो ।
माओवादी हिंसा शब्द संसद्को रेकर्डबाट नहटाएसम्म बैठक चल्न नदिने माओवादीले अडान लिएको छ ।
मकालु खबर
२०८१ भदौ ३० गते
प्रतिक्रिया
सम्बन्धित