काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतको सरुवा,को आए नयाँ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका प्रदिप परियारको सरुवा गरेको हो । परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईलाई काठमाडौं महानगरको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाइएको छ । मन्त्रिपरिषद् बैठकले ४० सहसचिवको एकसाथ सरुवा गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *