संसदको वर्षे अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले भोलि सोमबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

संसदमा प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रले नाराबाजी गर्दै आएको छ ।

माओवादीको अवरोधका कारण आजका लागि बोलाइएको बैठक पनि स्थगित भएको छ । बैठक भोलीका लागि फेरी बोलाइएको छ ।

भोलीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने तयारी गरेका छन् ।

सङ्घीय संसद्को चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *