अहिलेकै अवस्थामा पारवहन तथा गोदाम व्यवस्था कम्पनी चल्न सक्दैन : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी अहिलेकै अवस्थामा चल्न नसक्ने बताएका छन् ।

आइतबार नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५४ औं वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा बोल्दै उद्योग मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

उनले संस्थाबाट विभिन्न सुख्खा बन्दरगाहहरुमा डलरमा तलब खुवाएर कर्मचारी राखिए पनि सन्तोषजनक देखिने गरी काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले तेस्रो मुलुकमा निर्यातभन्दा आयात धेरै भइरहेको अवस्थामा समेत पारवहन कम्पनीले निर्यात बढाउने काम गर्न नसकेको बताए । उनले पारवहनको संरचना समय सापेक्ष हिसाबले बढ्नुपर्नेमा घट्दै गएको पनि बताए ।

उनले पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी यही ढङ्ले चल्न नसक्ने र सरकारले पनि सधैँ धान्न नसक्ने स्पष्ट पारे । उनले फजुल सरकारी बजेट दुरुपयोग भइरहेकाले मुलुकबाट विदेशमा निर्यात बढाउनको लागि ठोस नीति आवश्यक रहेको बताए ।

उनले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता रहेको भन्दै सरकारले नीति बनाउन सहयोग गर्ने बताए ।उनले नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात न्युन रहेकाले निर्यात बढाउन ठोस नीति बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘तेस्रो मुलुकमा निर्यातभन्दा आयात धेरै छ, पारवहनको संरचना समय सापेक्ष हिसाबले बढ्नुपर्नेमा घट्दै गएको छ, व्यवसाय बढ्नुपर्नेमा पारवहन धरासयी अवस्थामा पुगेको छ, यही ढङ्गले संस्था चल्न सक्दैन, यस्तै भए सरकारले सोच्नुपर्ने हुन्छ, फजुल सरकारी बजेट दुरुपयोग भइरहेको छ, ठोस नीति आवश्यक छ योजना बनाउनुस्, संस्था चलायमान बनाउन सरकारको आग्रह छ हाम्रो नीति निर्यात बढाउने हुनुपर्छ, ठोस योजना बनाएर प्रस्ताव ल्याउनुस्, मनत्रालयबाट आवश्यक सहयोग रहन्छ ।’

उनले भारतका विभिन्न ठाउँमा रहेका पोर्टहरुको अवस्था नाजुक रहेको उल्लेख गरे । भारतका सुख्खा बन्दरवाहमा व्यवस्थित बनाउन आग्रह गर्दै उनले पारवहनका पदाधिकारीलाई साझेदार संस्थाहरुसँग हातेमालो गरेर ठोस योजना बनाउन निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *